रुस नियन्त्रित युक्रेनी शहरमा बमबारी, २७ जनाको मृत्यु, २५ घाइते


८ माघ २०८०, सोमबार
rusha

काठमाडौं । रुसको नियन्त्रणमा रहेको युक्रेनी शहरमा भएको बम आक्रमणमा कम्तिमा २७ जनाको मृत्यु भएको छ । डोनेट्स्क शहरको उपनगर टेकस्टिलहिकमा आइतबार बिहान हमला गरिएको जनाइएको छ । डोनेट्स्कमा रुसद्वारा नियुक्त शीर्ष अधिकारी डेनिस पुसिलिनले आक्रमणमा २७ को मृत्यु भएको र अन्य कम्तिमा २५ जना घाइते भएको बताएका छन् । युक्रेनी सेनाले आक्रमण गरेको उनको भनाई छ ।

युक्रेनले यस विषयमा भने कुनै पनि टिप्पणी गरेको छैन । घटनास्थलमा आकस्मिक सेवाका कर्मचारीले उद्धार कार्य जारी राखेको पुसिलिनले बताए । यस्तै रुसको किगीसेप बन्दरगाहमा रहेको टर्मिनलमा दुई वटा विष्फोटनपछि आगलागी भएको बताइएको छ । स्थानीय सञ्चारमाध्यमले उक्त बन्दरगाहमा युक्रेनी ड्रोनले आक्रमण गरेको र ग्यास ट्याङ्की विस्फोट भएको र आगो फैलाएको बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७