श्रीलङ्काको दक्षिणी क्षेत्रमा गोली चल्दा पाँच जनाको मृत्यु


८ माघ २०८०, सोमबार
Srilanka goli

काठमाडौं । श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता निहाल थाल्दुवाले दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको बताएका छन् ।

चार जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ताले जनाकारी दिएका छन् । उक्त घटना लीबारी स्थानीय समय अनुसार बिहान ७ः४५ बजे भएको थियो । गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जीपमा रहेको अर्को समूहमा गोली चलाउदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सो गोली प्रहार सङ्गठित आपराधिक समूहले गरेको हुन सक्ने आशंका गरेको छ । श्रीलङ्काले डिसेम्बर १७ देखि लागुऔषध ओसारपसार र सङ्गठित आपराधिक गतिविधिलाई रोक्नको लागि अभियान विशेष शुरु गरेको छ । सो अभियानमा गत हप्तासम्म ४० हजार भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७