मौन अवधिमा शेखर कोइरालाको चियापान


१० माघ २०८०, बुधबार
koirala

काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मौन अवधि उल्लंघन गर्दै चियापान कार्यक्रम आयोजना गरेका छन् ।

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधि जारी रहेका बेला कोइरालाले विराटनगरस्थित निवासमा चियापान कार्यक्रम आयोजना गरेका हुन् । चियापानमा राष्ट्रियसभाका उम्मेदवार समेत रहेका कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, नेता मिनेन्द्र रिजाल, रामहरी खतिवडा, मीनबहादुर विश्वकर्मा, सरिता प्रसाइलगायत सहभागी भएका छन् । चियापानमा निर्वाचनका मतदाता रहेका प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई बोलाइएको छ ।

koirala niwash chiya pan 1 1536x1152 1

चियापानमा कांग्रेसका कोशी प्रदेशसभा सदस्यहरू, स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी भए । बिहीबार राष्ट्रियसभाको निर्वाचन हुँदै छ । कोशीका दुई सिटमा हुने निर्वाचनमा सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७