नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने, नेपालको प्लेइङमा तीन परिवर्तन


१० माघ २०८०, बुधबार
u 1

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर नेपालले ब्याटिङ रोजेको हो ।

विश्वकपमा दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १ः४५ बजे सुरु हुँदैछ । यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले आईसीसी यू–१९ विश्वकपमा पाकिस्तानसँग टस जितेर पहिला पहिला ब्याटिङ गर्ने निर्णय लिँदै प्लेइङ ११ मा तीन परिवर्तन गरेको छ ।

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा भएको टसमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । पछिल्लो खेलमा न्युजिल्यान्डबाट नेपालले तीन परिवर्तन गरेको छ । स्पिनर तिलकराज भण्डारीलाई नेपालले बेञ्चमा राखेको छ । तिलकलाई बेञ्चमा राख्दा दुर्गेश गुप्ताले मौका पाएका छन् ।

त्यस्तै आजको खेलमा दुवै दिपक बोहरा टोलीमा छैनन् । नेपालले दुई दीपक बोहराको स्थानमा विपिन रावल र दीपक डुम्रेलाई मौका दिएको छ । विपिन बायाँ हाते ओपनर खेलाडी हुन् । पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो । पाकिस्तान नेपालविरुद्ध पनि जित निकालेर समूहको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ । नेपाल बलियो टोली पाकिस्तानलाई हराएर विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ ।

नेपालले पाकिस्तानपछि लिगको अन्तिम खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ । यू–१९ विश्वकपमा यसपटक टोलीलाई ग्रुप ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ४–४ टोली रहेकोमा समूहको शीर्ष ३ टोली सुपर ६ मा पुग्ने छन् । त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७