लुम्बिनीमा माओवादीका झक्कु सुवेदी र कांग्रेसकी विष्णुकुमारी सापकोटा विजयी


११ माघ २०८०, बिहीबार
lumbini jhaku

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट गठबन्धनका उम्मेदवार विजयी भएका छन् । आज (बिहीबार) सम्पन्न निर्वाचनको मत परिणामअनुसार महिला क्लस्टरमा सत्तारुढ नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन् ।

उनीहरु विजयी भएको भने औपचारिक घोषणा हुन बाँकी छ । लुम्बिनी प्रदेशबाट नेकपा एमालेबाट झपेन्द्रबहादुर घर्ती क्षेत्री, तुलसाकुमारी केसीले उम्मेदवारी दिएका थिए भने राप्रपाबाट विजयालक्ष्मी सिंह र जनमत पार्टीबाट बालगोविन्द चौधरी उम्मेदवार थिए ।

विजयी बिष्णुकुमारी सापकोटाले ५,४३५ मत भार प्राप्त गरी राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनलाई सत्तारुढ गठबन्धन दलको समर्थन रहेको थियो । उनीसँगै प्रतिस्पर्धा गरेकी नेकपा एमालेकी तुलसा केसीले २,८६७ मतभार प्राप्त गरेकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७