सुनिल र विकल पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति


११ माघ २०८०, बिहीबार
sunil

काठमाडौँ । नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई सात दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

आज (बिहीबार) म्याद थपका लागि भएको बहसपछि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । पौडेलद्वय अकुत सम्पत्ति आर्जनको आरोपमा बुधबार पक्राउ परेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७