श्रीलङ्कामा सडक दुर्घटना : मन्त्रीसहित दुईको मृत्यु


१२ माघ २०८०, शुक्रबार
santha 1200x560 1

काठमाडौँ । श्रीलङ्कामा भएको सवारी दुर्घटनामा परी एक जना मन्त्रीसहित दुई जनाको मृत्यु भएको छ । कोलम्बो–काटुनयाके एक्सप्रेसवेमा बिहीबार भएको सडक दुर्घटनामा श्रीलङ्काका जल आपूर्ति राज्यमन्त्री सनथ निशान्त र एक प्रहरी अधिकृतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राज्य मन्त्रीको गाडी एक्सप्रेसवेको कन्दाना पुलिस डिभिजनमा कन्टेनर ट्रकसँग दुर्घटनाग्रस्त भएको हो । राज्यमन्त्री र प्रहरी अधिकारीलाई अस्पतालमा भर्ना गर्दा मृत्यु भई सकेको अस्पताल स्रोतलाई उद्धृत गरी प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते गाडीको चालकको भने उपचार भइरहेकोे छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७