विकास परियोजनाको गुणस्तर सुनिश्चित गर्नुपर्छ : मुख्यमन्त्री कार्की


१३ माघ २०८०, शनिबार
kedar

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विकास–निर्माणका परियोजनाको गुणस्तर सुनिश्चित गर्न इन्जिनियरहरू इमान्दार हुनुपर्नेमा जोड दिएका छन् ।

नेपाल इन्जिनियर एसोसिएसन कोशी प्रदेशद्वारा विराटनगर–१० मा रु ७६ लाखमा निर्मित तीनतल्ले भवनको आज उद्घाटन गर्दै उनले गुणस्तरीय काम गर्न ठेकेदारलगायत निर्माणसँग सम्बद्ध सम्पूर्ण पक्षलाई प्रोत्साहन गर्नुपर्ने बताए । उनले नेपालमा प्राविधिक शिक्षा गुणस्तरीय रहेको प्रमाण विश्वका विभिन्न विश्वविद्यालयमा तथा निजी क्षेत्रमा कार्य गरिरहेका नेपाली इन्जिनियरहरूले देखाएका बताए ।

भौतिक पूर्वाधार तथा विकासमन्त्री कमलप्रसाद जबेगुले प्रदेशका विकास–निर्माणका काममा समयमा नै सम्पन्न गरी जनतालाई विकासको अनुभूति गराउनु पर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७