नेपालबारे अरूले छर्ने भ्रमप्रति चीनले चिन्ता गर्नु पर्दैन : महासचिव पोखरेल

‘नेपालले बिआरआइबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना छ’


१४ माघ २०८०, आईतवार
shankar 1

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोख्रेलले नेपाल सधैं एक चीन नीतिको पक्षमा रहेको बताएका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयानसँगको अन्तरक्रिया कार्यक्रममा महासचिव पोख्रेलले आगामी दिनमा पनि एक चीन नीतिकै पक्षमा रहने बताएका हुन् ।

महासचिव पोख्रेलले नेपालका बारेमा अरूले छर्ने भ्रमबारे चीनले चिन्ता गर्नु नपर्ने बताउँदै नेपाल आफैं सम्बन्ध सञ्चालनमा सक्षम रहेको बताए । साथै उनले आफूहरू दुई छिमेकीलाई विश्वासमा लिएर काम गर्न चाहेको उल्लेख गरे । उनले बीआरआईका सन्दर्भमा परियोजना पहिचानमा पछि परेको र छिटो गर्नुपर्ने पार्टीको धारणा रहेको बताए । कोभिडका बेला बन्द भएका नाका खोल्न आग्रह गर्दै उनले खुलेका नाका पर्याप्त नभएको बताए ।
‘नेपालले बिआरआइबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना छ’
महासचिव शंकर पोखरेलले बिआरआइ अन्तर्गतका परियोजनाहरू छिटोभन्दा छिटो कार्यान्वयन गर्न सरकार तत्पर हुनुपर्ने बताएका छन् । उनले बिआरआइका सन्दर्भमा नेपालले गरेको सहमतिअनुसार परियोजना पहिचान गर्ने कुरामा आफूहरु पछि परेको बताए ।

‘खासगरी बिआरआइका सन्दर्भमा नेपालले गरेको सहमतिकै सन्दर्भमा परियोजना पहिचान गर्ने कुराहरुमा हामी पछाडि परेका छौँ । नेपाल सरकारले पनि यो विषयलाई प्राथमिकताका साथ अघि बढाउनु पर्दछ,’ पोखरेलले भने, ‘नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणहरुको आदानप्रदानले दुई पक्षीय सम्बन्धलाई बलियो बनाएको छ । चिनियाँ विकास परियोजना बेल्ट एण्ड रोड इन्सेटिभको अंग भइसकेको सन्दर्भमा त्यसअन्तर्गतका परियोजनाहरु छिटो भन्दा छिटो कार्यान्वयन गर्न नेपाल सरकार तत्पर हुनु पर्दछ ।’

परियोजना पहिचानको विषय सरकारले प्राथमिकतामा राख्नुपर्ने उनले बताए । नेपाल र चीनका बीचमा उच्चस्तरमा भएका भ्रमणले दुई पक्षिय सम्बन्धलाई बलियो बनाएको उनको भनाइ छ । विकासको चरणमा रहेको नेपालले बिआरआइबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको पनि उनले बताए ।

बिआरआइले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको बताउँदै ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि हिमालय वारपार बहुपक्षिय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनुपर्ने बताए । उनले कोभिड १९ का बेलामा बन्द भएका उत्तरी सीमानाकाहरू नियमित सुचारु गर्न आग्रह गरेका छन् ।

‘विकासको चरणमा रहेको नेपालले बिआरआइबाट लाभ लिन सक्ने प्रशस्त सम्भावना रहेको छ । यसमा बिलम्व नगरिकन परियोजनाहरुको छनोट, तिनको शीघ्र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक छ । बिआरआईले नेपाल र चीनलाई सडक, रेल, हवाई तथा सञ्चार प्रविधिबाट जोड्ने उद्देश्य राखेको छ,’ उनले भने, ‘आजको प्रविधि र विकासको युगमा अति नै महत्वपूर्ण छ । ठूला पूर्वाधार विकासको जग हाल्दै गरेको नेपालका लागि यो हिमालय वारपार बहुपक्षिय सम्पर्क सञ्जाललाई प्राथमिकतामा राखेर अघि बढाउनु पर्छ ।’

महासचिव पोखरेलले नेपाल र चीन बीचको भूगोललाई चुनौती नभई अवसरका रुपमा लिएर अघि बढ्न, सबै नाकालाई आवागमन र व्यापारका लागि सहज बनाउनसके दुई पक्षिय सम्बन्धलाई फाराकिलो बनाउने बताए । चिनियाँ प्रतिबद्धताका कार्यक्रमहरू छिटो कार्यान्वयन भएको आफूहरुले हेर्न चाहेको उनले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७