ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको गयो ज्यान


१५ माघ २०८०, सोमबार
accident 2

तनहुँ । तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पुर्‍यायएका मोटर साइकल चालक आबुखैरेनी गाउँपालिका–३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो ।

रानामगर आइतरात राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए । त्यसक्रममा ग १ क ५०१२ नम्बरको मिनि ट्रकसँग मगर चढेको प्र.३ ०२–००९ प ८५३० नंम्बरको मोटरसाईकलले ठक्कर खाएको तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए । डिएसपी खाँणका अनुसार घाइते भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका रानामगरलाई अस्पतालले मृत घोषणा गरेको थियो । ट्रकका चालकलाई नियमन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७