कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैन : अध्यक्ष केसी


१५ माघ २०८०, सोमबार
Bhuwan kc

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन् । आज (सोमबार) काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र के को नगर्ने ? भन्ने कुरामा धेरै सजग हुन जरुरी रहेको बताए । उनले मदिरा, चुरोट लगायतका विज्ञापन कलाकारहरुले गर्नु नहुने धारणा राखे । उनले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने बता ए। कलाकारहरुले सामाजिक कामका विज्ञापनहरु निःशुल्क गर्नुपर्ने उनको भनाइ छ ।

विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै शतर्क हुन जरुरी रहेको बताए । अध्यक्ष केसीले नेपालमा चल्ने कुनै पनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७