रंगुन खोला हाइड्रोपावरले आईपीओ जारी गर्ने


१६ माघ २०८०, मंगलवार
IPObanking

काठमाडौ । रंगुन खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । हाइड्रोपावरले आईपीओ निष्कासन प्रस्तावसंगै फागुन ९ गते वार्षिक साधारणसभा पनि बोलाएको छ ।

यस कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने र सर्वसाधारणलाई आईपीओ निर्णय गरेको हो । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, सुकेधारा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । साथै, आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८०÷८१ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यस्तै, सञ्चालक समितिको निर्वाचन प्रस्ताव हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७