पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय


१६ माघ २०८०, मंगलवार
imran khan

काठमाडौँ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई १० वर्षको जेल सजाय सुनाइएको छ । पाकिस्तानको राजधानी इस्लामावादको विशेष अदालतले आज (मङ्गलवार) सिफर मुद्दामा खानलाई १० वर्षको जेल सजाय सुनाएको हो ।

पूर्व प्रधानमन्त्री खानसँगै उनका सहयोगी एवं पूर्व मन्त्री शाह महमुद कुरैशीलाई पनि १० वर्षको जेल सजाय सुनाइएको छ । खान र कुरैशीमाथि पाकिस्तानको अत्यन्तै गोप्य सूचना निजी प्रयोजनका लागि प्रयोग गरेको आरोप लगाइएको छ । पाकिस्तानी प्रतिपक्षी दल पीटीआईका नेता खानलाई आगामी चुनाव भन्दा एक हप्ता अगाडि यस्तो फैसला आएको हो ।

पाकिस्तानको आगामी चुनाव फेब्रुअरी ८ मा तोकिएको छ । अलजजिराका अनुसार रावलपिण्डीको विशेष अदालतले उक्त सुनाएको फैसला अनुसार खानले अमेरिकाको लागि पाकिस्तानी राजदूतले पठाएको केबललाई गलत प्रयोग गरेको भन्दै १० वर्षको सजाय सुनाएको हो ।

के हो सिफर ?

इमरान खान सत्ताबाट बाहिरिए पछि उनले अमेरिकामाथि आफूलाई सत्ताबाट निकालेको आरोप लगाएका थिए । त्यसपछि अमेरिकास्थित पाकिस्तान राजदूतावासले गोप्य जानकारी पठाएको थियो । जसलाई खानले आफ्नो राजनीतिक फाइदाका लागि सार्वजनिक गरिदिएका थिए । जसलाई सिफर भनियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७