बीपी प्रतिष्ठानका उपकुलपति कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार, वैद्यका तीन कार्यकर्ता पक्राउ


१६ माघ २०८०, मंगलवार
bp

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कामु उपकुलपति डा. प्रल्हाद कार्कीमाथि दुर्व्यवहार गर्ने तीन जना पक्राउ परेका छन् ।

कामु उपकुलपति डा. कार्कीमाथि मोबिल छ्यापेर दुर्व्यवहार गर्ने वैद्य निकट क्रान्तिकारी माओवादीका तीन कार्यकर्ता पक्राउ परेका हुन् । अभद्र व्यवहारमा संलग्न आरोपमा सम्राट थापा, निशान राई र भीम सुराखेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले प्रतिष्ठान र कर्मचारीलाई बन्धक बनाएको भन्दै कार्कीविरुद्ध नाराबाजी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७