२०८० माघ १७ गते बुधबारको तपाईको राशिफल

माघ कृष्ण पञ्चमी पञ्चाङ्ग : सुकर्मा तैतल हस्ता


१७ माघ २०८०, बुधबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
शुभकार्यको चर्चा चल्ने छ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्ने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, संयम रहनु उचित होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्ने छन् । विश्वास गरेकाले साथ दिनेछन् ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्ने छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रणय प्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवन साथीको सल्लाहले कार्यमा सफलता मिल्ने छ । मनमा उत्साह पनि छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय पनि प्राप्त हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धर्म, कर्म तथा सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कार्यको थालनी होला । साथीभाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला । राशिफल जे जस्तो भए पनि तपाईंको दिन मङ्गलमय रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७