सिन्धुपाल्चोक कार दुर्घटना : मृतक दुईको खुल्यो परिचय, घाइतेको हेलिकप्टरबाट उद्धार


१७ माघ २०८०, बुधबार
car

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित दोरिम भिरमा कार दुर्घटना हुँदा ज्यान गुमाएका दुई भुटानी नागरिकको नाम खुलेको छ । इलाका प्रहरी कार्यालय हेलम्बुका अनुसार कार दुर्घटनामा ज्यान गुमाउने भुटानी नागरिकद्वय ३३ वर्षीय अब्गो र ७१ वर्षीया वाङ्मु रहेका छन् ।

सो दुर्घटनामा घाइते भएका पाँच जनामध्ये एक जना नेपाली कार चालक रहेका गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए । भुटानबाट नेपाल घुम्न आएका पर्यटक चढेको बा २ च ४४५० नम्बरको ल्याण्ड क्रुइजर गाडी बुधबार बिहान ११ बजे सडकबाट ५० मिटर तल खस्दा एक महिला र एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । पाँच जना घाइतेमध्य चार पुरुष र एक महिला रहेका छन् । घाइतेमध्ये दुई जनालाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौंस्थित केमसी अस्पताल पठाइएको र बाँकी तीन जनालाई लिन पुनः हेलिकप्टर आउने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७