१९ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा ५६ वर्षीय कार्की पक्राउ


१७ माघ २०८०, बुधबार
Rape 2

भोजपुर । एक १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा भोजपुर षडानन्द नगरपालिका–८ सेमिङ बस्ने ५६ वर्षीय चुँडाबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले ती किशोरीलाई सोही नगरपालिका–८ आहाले कुलोको बन्मारा घारीमा लगेर सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दिङलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७