प्रधानमन्त्रीले दरबार हत्याकाण्डबारे विचार नपुर्‍याई बोले : अध्यक्ष नेपाल


१८ माघ २०८०, बिहीबार
madhav

जनकपुरधाम । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजदरबार हत्याकाण्डबारे बोल्दा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार नपुर्‍याएको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) जनकपुरधाममा समाजवादी पत्रकार संघ धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले सो विषयमा बोल्दा कम्तीमा आफूसँग प्रधानमन्त्रीले सल्लाह गरेर बोलेको भए राम्रो हुने आशय व्यक्त गरे । अध्यक्ष नेपालले भने, ‘गिरिजा बाबु त मसँग बिना सल्लाह नगरी यस विषयमा बोल्नु हुन्थेन उहाँ कसरी अचानक बोल्नु भयो खै ?’ एमाले अध्यक्ष केपी ओलीले समेत दिपेन्द्र हत्यारा होइन भनेर बोल्नुभयो नि ? भन्ने प्रश्नमा उनले ओलीजी पछि गृहमन्त्री र प्रधानमन्त्री समेत हुनुभएकाले सूचना पाएर नै हत्यारा को भन्ने संकेत गर्नु भएको हुनुपर्छ भनेर टिप्पणी गरे ।

ओलीले वंश बाँकी रहेकाहरुतर्फ संकेत गरेको अध्यक्ष नेपालले स्पष्ट पारेका छन् । राजतन्त्र अब मसानघाटको मुर्दा भइसकेकाको भन्दै अध्यक्ष नेपालले कसैले फर्काउन नसक्ने र फर्काउन पनि नदिइने चेतावनी दिए । नेपालले वर्तमान संघीय सरकारको एक वर्षको कामहरुको समीक्षा हुनुपर्ने कुरा गलत नभएको पनि बताए ।

पूर्व प्रधानमन्त्री नेपालले सरकारको कामको समीक्षा हुनुपर्ने यद्यपि गठबन्धन पाँचै वर्ष चल्ने र कसैले बिगार्न नसक्ने ठोकुवा समेत गरे । प्रधानमन्त्री प्रचण्डले कतिपय धेरै राम्रा कामहरु गरिरहेको समेत उनले दाबी गरे । प्रधानमन्त्री दाहालले केही दिन अघि २०५८ सालमा भएको दरबार हत्याकाण्डबारे सरकारले पुनः सत्यतथ्य छानविन गर्ने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७