ट्रकले ठक्कर दिंदा मोटरसाइकल चालक युवकको मृत्यु


१९ माघ २०८०, शुक्रबार
accident 2

हेटौँडा । मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना ७ ख १७९६ नम्बरको ट्रकले बागमती प्र.०६ ००१प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७