गोल्ड मेडलिस्ट उपसचिव नेपाल भ्रष्टाचारी ठहर, तोकियो सजाय र जरिवाना


१९ माघ २०८०, शुक्रबार
sachiv nepal 1

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । नेपाललाई विशेष अदालतले एक वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना असुल्ने फैसला गरेको छ ।

यही प्रकरणमा पक्राउ परेका हरिभक्त श्रेष्ठलाई भने अदालतले सफाइ दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउनमा काठमाडौंबाट नेपाल र श्रेष्ठलाई पक्राउ गरेको थियो । घुसबापत सेवाग्राहीबाट बुझेको ६ लाख र आफू चढेको गाडीमा थप साढे १६ लाखसहित अख्तियारले उपसचिव नेपाललाई पक्रेको थियो ।

एक व्यवसायीले प्याराग्लाइडिङ सेवा सञ्चालनका लागि अनुमतिपत्र लिन पर्यटन मन्त्रालयमा आवेदन दिएका थिए । तर रकमको मोलमोलाइ गरेर उपसचिव नेपालले फाइल थन्काइ दिएपछि ती सेवाग्राहीले पैसा दिएर काम अगाडि बढाएकोमा घुस लिँदालिँदै पक्राउ गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७