थ्रीस्टारलाई हराउँदै त्रिभुवन आर्मीले जित्यो आहा रारा गोल्डकपको उपाधि


२० माघ २०८०, शनिबार
army.jpg 3

पोखरा । त्रिभुवन आर्मी क्लबले आहा रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ । आज (शनिबार) पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० ले पराजित गर्दै आर्मीले आहा रारा पोखरा गोल्डकप को उपाधि जितेको हो ।

आर्मीको जितमा जिलेस्पी जंग कार्की, फत्तेमान घले र बसन्त जिम्बाले एक–एक गोल गरेका थिए । उपाधि जितेको आर्मीले १२ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता बनेको थ्री स्टारले ६ लाख एक हजार नगद प्राप्त गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७