पूर्व सांसद इच्छाराज तामाङलाई तीन वर्ष जेल र एक अर्ब ७२ करोड जरिवाना


२१ माघ २०८०, आईतवार
Ichharaj Tamang

काठमाडौं । सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर भएका पूर्व सांसद एवं सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङलाई तीन वर्ष कैद सजाय तोकिएको छ ।

विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ ७५ बिगो र बिगो बराबरको जरिवाना पनि तोकेको छ । तामाङकी श्रीमती सिर्जना शाक्यलाई एक वर्ष ६ महिना कैद सजाय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७