देउवाका छोरा जयवीरले गरे गायिका शिवानासँग विवाह


२२ माघ २०८०, सोमबार
Jayabir

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवा वैवाहिक बन्धनमा बाँधिएका छन् । जयवीरको विवाह गायिका शिवाना श्रेष्ठसँग आइतबार भएको हो ।

उनको विवाहको विधि देउवा निवास बूढानीलकण्ठमै गरिएको छ । विवाह पार्टी भने भद्रकालीस्थित आर्मी अफिसर क्लबमा आगामी फागुन २ गते हुनेछ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसम्मलाई निम्ता गरिएको छ । यसैबीच विवाह समारोहमा आउँदा फूल माला, खादा र उपहार नल्याउन निम्तालुलाई देउवा परिवारले आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७