दलहरूले जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्छ : रामकुमारी झाँक्री


२२ माघ २०८०, सोमबार
Ram kumari jhakri

कैलाली । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टीकी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दलहरूले चुनावमा जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छन् ।

समाजवादी प्रेस संगठन कैलालीको आयोजनामा भएको पत्रकार सम्मेलनमा उनले शुक्लाफाँटा वन्यजन्तु आरक्ष क्षेत्रमा बसिरहेका नागरिकहरूको लागि दलहरूले जग्गा दिने भन्दै झूटको खेती गरिरहेको आरोप लगाइन् । ‘त्यस्ता ठाउँमा आधारभूत सुविधा दिन मिल्दैन’, उनले भनिन् ‘चुनावका बेला सबै सुविधा दिन्छु भनेर भोट माग्छन् । त्यो गर्नु गलत हो ।’

निर्वाचनको समय आफू पनि मन्त्रीसँग शुक्लाफाँटा गएको र त्यहाँ प्रत्यक्षमा रूपमा कानूनले वञ्चित गरेकै कुराहरू पनि नेताहरूले आश्वासन बढिरहेको उनले टिप्पणी गरिन् । ‘बफर जोनमा लालपुर्जा दिन पाइँदैन । सेन्सेटिभ जोन (संकटग्रस्त क्षेत्र) कहाँ हो सबै थाहा छ । हामीले अन्तर्राष्ट्रिय कानूनमा पनि हस्ताक्षर गरेका छौँ । त्यस्ता ठाउँमा झूटो बोलेर खाली भोट बैंक नबनाऔँ’, उनले नेताहरूलाई आग्रह गरिन् । विगतमा आफूले एक व्यक्ति एक पदका विषयमा उठाएका कतिपय सवालहरू गलत रहेको उनले स्वीकार गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७