लुम्बिनी प्रदेशको संसद वैठक आहवान


२३ माघ २०८०, मंगलवार
lumbini 1

बुटवल । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन फागुन १८ गतेदेखि बस्दैछ । लुम्बिन प्रदेश प्रमुखले फागुन १८ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रदेश प्रमुख अमिक शेरचनले हिउँदे अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालका अनुसार नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेशसभाको बैठक प्रदेशसभा भवन राप्ती उपत्यका देउखुरीमा बस्ने गरी प्रदेश प्रमुख शेरचनले अधिवेशन आह्वान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७