पूर्वमन्त्री तथा कांग्रेस नेता बुढाथोकीको निधन


२३ माघ २०८०, मंगलवार
keshab budhathoki

झापा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको सोमवार राति निधन भएको छ । नेता बुढाथोकीको विराटनगरमा उपचारकै क्रममा ८० वर्षको उमेरमा सोमवार राति ११ः३० बजेतिर निधन भएको नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिएका छन् ।

लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित नेता बुढाथोकीको पछिल्लो समय मिर्गौलामा समस्या आएका कारण उपचार गराइरहेका थिए । ‘सेतो बाघ’ उपनामले चर्चित झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।

सामान्य प्रशासन मन्त्री, जलस्रोत सहायक मन्त्री, राष्ट्रिय पञ्चायत सदस्य, प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति भई सकेका नेता बुढाथोकी जनतामाझ लोकप्रिय नेता थिए । दुई छोरा, एक छोरी रहेका बुढाथोकीको पार्थिक शरीर आज (मंगलबार) जिल्ला पार्टी कार्यालय झापामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमगाईले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७