लम्की चुहाका शिक्षा अधिकृतमाथि दलियो मोसो


२३ माघ २०८०, मंगलवार
moso

धनगढी । कैलालीमा एक सरकारी कर्मचारीमाथि मोसो दलिएको छ । लम्की चुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेमाथि मोसो दलिएको हो । विभिन्न ६ वटा आरोप लगाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यकर्ताले शिक्षा अधिकृतमाथि कालो मोसो दलेका हुन् ।

उनीमाथि नगरपालिकाभित्र रहेका विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरूसँग अभद्र व्यवहार गरेको, शिक्षकहरूबाट कमिसन लिएको, खेलकुद सामाग्री खरिदमा कमिसन लिएको, बिदाको दिनमा सार्वजनिक सवारी साधनको दुरुपयोग गरेकोलगायतका आरोप लगाएका छन् । इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी नायव निरीक्षक अशोक खड्काले घटनाका विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७