संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा

‘कानुन निर्माणलाई लिएर संसदमा पक्ष र प्रतिपक्ष हुँदैन’


२४ माघ २०८०, बुधबार
Janardan sharma

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य सञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन् ।

राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसदले आवश्यकअनुसार कानुन बनाउनुपर्ने उनको भनाइ छ । अघिल्लो सदनले एक मात्र कानुन बनाउन सकेको भन्दै उनले अब चालु अधिवेशनमा संसदले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए ।

‘कानुन निर्माणलाई लिएर संसदमा पक्ष र प्रतिपक्ष हुँदैन’

सांसद शर्माले कानुन निर्माणलाई लिएर संसद्मा पक्ष र प्रतिपक्ष हुन नहुने बताए । शर्माले कानुन निर्माण न्यायपूर्ण आधारमा हुनुपर्ने बताए । सांसद शर्माले संघीयता कार्यान्वयन, संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नका लागि कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेकाले सत्ता र प्रतिपक्षका हिसाबले संसद्मा प्रस्तुत हुन नहुने बताए ।

‘कानुन निर्माणमा संसद्भित्र सत्ता र प्रतिपक्ष हुँदैन । न्यायपूर्ण कानुन निर्माण गर्नुपर्ने हुन्छ,’ उनले भने, ’अहिलेको प्रतिपक्ष र पक्ष त गणतन्त्र मान्ने र नमान्नेबीचको हो, संघीयता मान्ने र नमान्नेबीचको हो, सुशासन मान्ने र नमान्नेबीचको हो । त्यसकारण कानुन निर्माणमा हाम्रो सहमति हुन्छ भन्ने म मान्छु ।’ शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुन निर्माण गरी शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्नुपर्ने बताए । उनले देशलाई आर्थिक विकासमा लैजानका लागि उत्पादनमुखी अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७