यहि व्यवस्थाले देश चल्दैन, नयाँ सम्झौता गरौं : राजेन्द्र लिङदेन

‘अहिलेको प्रणाली गणतन्त्र होइन, लुटतन्त्र हो’


२४ माघ २०८०, बुधबार
Rajendra Linden

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश यथास्थितिमा बस्न नसक्ने भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्ने बताएका छन् ।

आज (बुधबार) प्रतिनिधिको बैठकमा अध्यक्ष लिङदेनले देश वर्तमान अवस्थामा अडिइराख्न नसक्ने बताए । उनले देशले अवलम्बन गरेको प्रणाली नै दोषी रहेको उल्लेख गर्दै यो प्रणालीबाट अपेक्षित परिवर्तन गर्न सम्भव नभएको दावी गरे । उनले अहिलेको प्रणाली गणतन्त्र नभई लुटतन्त्र भएको टिप्पणी समेत गरे ।

उनले कसैलाई निषेध गरेर मुलुक अगाडी बढ्न सक्दैन भन्ने कुरा प्रमाणित भइसकेको भन्दै नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्नेमा जोड दिए । उनले विभिन्न भ्रष्टाचारका काण्ड आए पनि त्यसको निष्पक्ष रुपमा छानबिन हुन नसकेको बताएका छन् । उनले अब देशमा नयाँ सम्झौताको आवश्यकता भइसकेको बताएका छन् । ‘हामीले पछाडि फर्किनु पर्छ भनेको होइन’, उनले भने, ‘तर अब देशलाई नयाँ सम्झौता जरुरी भइसकेको छ । जसले देशलाई नवीन रुपमा अघि बढाउने छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७