सत्तामा टिकिरहने गठबन्धन दलहरुको सोंचले देश संकटमा : शंकर पोखरेल


२४ माघ २०८०, बुधबार
shankar

रुपन्देही । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्तामा टिकिरहने सत्ता गठबन्धन आबद्ध दलहरूका सोंचले मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको टिप्पणी गरेका छन् ।

एमाले रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसैगरी अन्यौलतामा बितिरहेको बताए । ‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, विकास निर्माणका काम अलपत्र छन् । ऋण दैनानु दिन बढिरहेको छ । जनता गरिबीले छट्पटिएका छन् । युवा विदेश जान बाध्य छन्’ पोखरेलले भने ।

एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गर्दै विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने र देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनु पर्नेमा महासचिव पोखरेलले जोड दिए । आन्दोलन संस्थागत गर्ने बेला कांग्रेसले जहिल्यै धोका दिने गरेको उनले आरोप लगाए । ‘कांग्रेस सधै यथास्थितिको पक्षधर हो, उसले नबोली बसे पनि हुन्छ, तर एमाले परिवर्तनको नेतृत्व गर्ने पार्टी हो, त्यसैले आफ्ना विचार समाजका अगाडि राखिरहनु पर्छ तर हामी केही समययता हामी कमजोर भएका छौं भनेर स्वीकार गर्नुपर्छ अब त्यसो गर्नु हुँदैन’, उनले भने ।

‘२०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए । कांग्रेस पनि जिम्मेवार पार्टी हो । हरेक आन्दोलनको नेतृत्व कांग्रेसले पनि गर्दै आएको छ तर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कांग्रेसले धोका दिने गरेको छ । इमानदार भएर राजनीति गरेको भए पटक पटक आन्दोलन गर्नुपर्ने थिएन । ठूलो संघर्ष र आन्दोलनबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ ।

सत्ता स्वार्थका कारण लोकतन्त्र पूर्णरूपमा संस्थागत हुन नसकेको उनको भनाइ छ । दुर्गा प्रसाईजस्ता नेता बेलाबखत पार्टीमा जन्मने उनले बताए । आफ्नो स्वार्थ पूरा नभएपछि धोका दिएर जाने गरेको उनको टिप्प्णी छ । प्रसाई अराजकताको प्रतिनिधि भएको उनले आरोप लगाए । यस्ता व्यक्तिप्रति पार्टी र जनता होसिशार हुनुपर्ने उनले स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७