स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु


२५ माघ २०८०, बिहीबार
accident

जनकपुरधाम । स्कुल बसको ठक्करबाट जनकपुरधाममा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान करिब ८ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका–२३ बेला स्थित बा २ क ७६० नम्बरको स्कुल बसले साइकमा सवार भारतको मधुवनी जिल्ला घर भई जनकपुरधाम २३ मा बस्दै आएका २७ वर्षीय ममताज कवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।

बसको ठक्करबाट घाइते भएका कवारीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लगेकोमा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता अवाले बताए । गाडी चालक महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का अन्दाजी २७ वर्षीय रामजस मण्डल र बस प्रहरीको नियन्त्रणमा रहेको प्रवक्ता अवाले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७