कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि बार्ता


२६ माघ २०८०, शुक्रबार
koshi pahichanbadi barta

विराटनगर । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज (शुक्रबार) पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्टी जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि बार्ता हुन लागेको हो ।

असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो । हिजोको वार्तामा सरकारी वार्ता टोली र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले बनाएको वार्ता टोलीका बीचमा परिचय तथा केही औपचारिक कुराकानी भएको थियो ।

वार्तामा प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको तर्फबाट बनेको वार्ता समितिले आफ्नो एजेण्डा प्रस्तुत गरेको थियो । वार्तामा सहभागी पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले वार्ता सकारात्मक रूपमा अगाडि बढेको बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७