आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?


२६ माघ २०८०, शुक्रबार
kalimati Vegetables

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १००, कालो अंगुर २००, केरा १२० रुपैयाँ दर्जन, अनार २५०, किवी ३००, आभोकाडो ३००, अम्बा १२० र स्ट्रबेरी भुईऐसेलु ३०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६०, भारतीय सानो गोलभेडा ४०, अदुवा २२०, रातो आलु र रातो भारतिय आलु २८ रूपैयामा कारोबार हुँदा स्थानीय काउली २०, लौका ५०, कागती २२०, सुकेको खुर्सानी ४५०, हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी ७०, राजमा घिउ सिमी १००, हरियो फर्सी लाम्चो ६० र हरियो डल्लो फर्सी ७० रूपैयामा खरिदबिक्र हुँदैछ भने तोरीको साग र रायोको साग ४० रुपैयाँमा खरिद बिक्री भइरहँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग ६० र जिरीको साग ७० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ६०, हरियो प्याज १०० र पुदीना ४५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन ३२०, हरियो लसुन १२० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ६०, भिण्डी १०० र हरियो धनिया ९० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३५० र मंगुरी माछा ३१० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७