तीर्थालु बोकेको बस धादिङमा दुर्घटना, २० घाइतेमध्ये तीन जना गम्भिर


५ फाल्गुन २०८०, शनिबार
accident dhading

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ ।

काठमाडाैंबाट तीर्थयात्री बोकेर चितवनतर्फ गइरहेकोे बस र विपरीत दिशाबाट आइरहेको ट्रक हिलटप मोडमा आज बिहान ठोक्किँदा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए । घाइतेको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताउनुभयो । घाइतेको विवरण भने आउन बाँकी रहेको छ । बसमा ३० जना तीर्थयात्री सवार थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७