गठबन्धन नगर्ने प्रतिवेदन सच्याउन गगनलाई देउवाको ‘दवाव’, सहमतिको प्रयास जारी


७ फाल्गुन २०८०, सोमबार
Deuba Gagan

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महासमिति बैठकका निम्ति महामन्त्री गगन थापाले तयार पारेको प्रतिवेदनमा सभापति शेरबहादुर देउवाले अझै चित्त बुझाएका छन् । महामन्त्री थापाले निर्वाचनमा गठबन्धन गर्न नहुने विषय प्रतिवेदनमा तयार गरेका छन् ।

सभापति देउवासहित उनको टिममा रहेका उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाशशरण महतलगायत नेताले सो विषयमा असन्तुष्टि जनाएका हुन् । सहमति जुटाएर प्रतिवेदन अघि बढाउन सोमबार बिहान बूढानीलकण्ठस्थित देउवाको निवासमा बैठक बसेको थियो । बैठकमा सहमति जुट्न सकेको छैन ।

‘अझै सहमति जुटेको छैन । दुवैतिर टसको मस हुने अवस्था छैन’, स्रोतले भन्यो । सहमति नजुटेपछि छलफलबाट नेताहरू उठेका छन् । महासमिति बैठक सोमबारै दिउँसो १ बजे उद्घाटन गर्ने र त्यसपछि पुनः बैठक बसेर विषय टुंगो लगाउने भन्दै नेताहरू उठेका हुन् ।

‘सभापतिले उद्घाटन गर्नुहुन्छ । उपसभापतिले स्वागत मन्तव्य राख्नुहुन्छ । त्यसपश्चात् आजको बैठक सकिन्छ र पुनः छलफल सुरु हुन्छ’, स्रोतले जानकारी दियो । प्रतिवेदनमा सहमति नजुट्दा छपाइ कार्यमा ढिलाइ भएको छ । दुवै पक्ष एकार्कालाई गलाउन लागिपरेका छन् । सहमति नभए महामन्त्री थापाले दुई प्रतिवेदन प्रस्तुत गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । ‘कुरा नमिले दुईवटा प्रतिवेदन जान्छ’, स्रोतले भन्यो । कांग्रेस महासमिति बैठक आजदेखि ललितपुरको गोदवारीस्थित सम्मेलन केन्द्रमा सुरु हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७