डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे चार बर्षको जेल सजाय


११ फाल्गुन २०८०, शुक्रबार
Dani .jpg

काठमाडौँ । बार्सिलोना र ब्राजिलका पूर्व स्टार खेलाडी डानी आल्भेजलाई बलात्कारको आरोपमा साढे ४ बर्षको जेल सजाय भएको छ ।

४० बर्षिय आल्भेजलाई विहिबार बार्सिलोनास्थित अदालतले साढे ४ बर्षको जेल सजाय सुनाएको हो । आल्भेज स्पेनको नाइट क्लबमा एक महिलालाई बलात्कारको आरोप लागेपछि २०२३ को जनवरीदेखि हिरासतमा रहेका छन् । आल्भेजले सहमतिमै यौन सम्पर्क राखेको दाबी गरे पनि २३ बर्षीया महिलाले ३१ डिसेम्बर २०२२ मा नाइट क्लबमा आल्भेजले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै उजुरी गरेकी थिइन् ।

अदालतले सजायका अलावा एक लाख ५० हजार युरो पिडितलाई क्षतिपुर्ति दिन समेत आदेश दिएको छ । आल्भेजका वकिलहरुले भने आफुहरुले फैसलाको बार्सिलोना अदालतमा अपिल गर्ने बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७