काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टर नौं मिनेटमा बीचबाटै फिर्ता


११ फाल्गुन २०८०, शुक्रबार
airdinasty 1200x560 1

काठमाडौँ । काठमाडौंबाट लुक्ला उडेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या देखिएपछि नौं मिनेटमै काठमाडौँ फिर्ता भएको छ ।

नाइन एन एजेडी कलसाइनको हेलिकोप्टर काठमाडौंबाट ८ः१४ बजे लुक्लाका लागि उडेको थियो । तर, उडेको ९ मिनेटमै अर्थात् ८ः२३ मिनेटमै हेलिकोप्टर काठमाडौंमा ल्याण्ड गरेको हो । हेलिकप्टरमा कस्तो प्राविधिक समस्या देखिएको थियो भन्ने बारे खुलाइएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार समस्या देखिएको हेलिकप्टरको प्राविधिक जाँच पनि पुनः लुक्ला उडान भरिसकेको छ । लुक्लातिरको मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मिनकुमार अर्यालले जानकारी दिए । ‘लुक्ला र लुक्लातिरको एयर रुट पूरै क्लियर छ । पहाडहरु सफा देखिन्छन्’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७