कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा


११ फाल्गुन २०८०, शुक्रबार
Kumari Bank.j pg

काठमाडौ। कुमारी बैंकले ४ हजार ११५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना १ जना संस्थापक शेयरधनी रामकुमारी पौडेलको नाममा रहेको शेयर बिक्री खुला गरेको हो ।

उक्त शेयरमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आजबाट ३५ दिनभित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।

कम्पनीको सुचनामा उल्लेख गरे अनुसार शेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुनेछ । सो समयमा संस्थापक सेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने पनि बैंकले जनाएको छ ।

se 1

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७