फुटबलर किरण चेम्जोङ बने बुवा


११ फाल्गुन २०८०, शुक्रबार
kiran

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ बुवा बनेका छन् । राष्ट्रिय फुटबल टिमका कप्तान समेत रहेका किरणले शुक्रबार सामाजिक सञ्जालमा एक तस्वीर सार्वजनिक गर्दै आफू बुवा बनेको जानकारी दिएका हुन् ।

किरणले श्रीमती कञ्चन निरौला र बच्चासँगैको तस्वीर सामाजिक सञ्जालमा राखेका हुन् । मेडिसिटी अस्पतालमा बच्चा जन्मिएको समेत उनले जनाएका छन् । किरणले गत वर्ष एयरहोस्टेस रहेकी कञ्चनसँग विवाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७