चर्च ब्वाइजमाथि केपी ओली फुटबल क्लबको ३–० को शानदार जित


११ फाल्गुन २०८०, शुक्रबार
kp.jpg 2

काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा केपी ओली फुटबल क्लब (केपी एफसी) ले चर्च ब्वाइज युनाइटेडलाई पराजित गरेको छ । एन्फा कम्लेक्समा सम्पन्न खेलमा केपी एफसीले चर्च ब्वाइजलाई ३– ० गोल अन्तरले पराजित गरेको हो ।

केपी एफसीका लागि जय गुरुङले २ तथा फोडे फोफानाले एक गोल गरेका थिए । यो जितपछि अब केपी एफसीले फागुन १५ गते जावलाखेल युथ क्लबसँग खेल्ने छ । त्यसैगरी प्रतियोगितामा फागुन १३ गते आइतबार एनआरटी र थ्रीस्टार तथा त्रिभुवन आर्मी र नेपाल पुलिसबीच गरी दुई खेल हुनेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७