छोरी दावाफुटीको नजरमा बुवा ल्हाक्पा सोनाम शेर्पा

‘नम्रता’ मेरो बुवाको मूल मान्यता


१४ फाल्गुन २०८०, सोमबार
Dawa futi Sherpa yeti

पर्यटन तथा हवाई उद्यमी एवं पर्वतारोही यति समूहका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाको आत्मकथा ‘हिम्बु’ (हिमालको छोरो) को विशेष कार्यक्रम विच आइतबार (१३ फागुन २०८०) सार्वजनिक गरियो । कार्यक्रम उपस्थितलाई पूर्वराजदूत दावाफुटी शेर्पाले स्वागत गरिन् । दावाफुटी सोनामको ठुली छोरी । पासाङ ल्ह्यामु शेर्पा फाउन्डेसनकी अध्यक्ष समेत रहेकी दावाफुटीले स्वागत मात्रै गरिनन् । बुवाको जीवनको आरोह अवरोहको साक्षी दावाफुटीले बुवाको संघर्षको कथा सुनाइन् । दावाफुटीले बुवाको बारेमा बताइरदा हलमा उपस्थित भावुक भए । ‘छोरीको नजरमा बुवा ल्हाक्पा सोनाम शेर्पा कस्तो छन् त ?’ प्रस्तुत छ, दावाफुटीले दिएको मन्तव्यको सम्पादित अंश :

आज हामी यहाँ हाम्रा बुवाको जीवन यात्रा, उहाँको हालैका सेभेन समिट आरोहणको सफलता र उहाँको जीवनका अनुभव, उतार–चढाव समेटिएको पुस्तक विमोचन समारोहमा भेला भएका छौं । उहाँको जेठी सन्तानको नाताले यसरी केही भन्न पाउँदा गर्व महसुस गरेकी छु । यी शुरुवाती शब्दहरू केलाउँदै गर्दा मेरो भावनाको हेराइमा हाम्रा बुबा श्री ल्हाक्पा सोनम शेर्पालाई परिभाषित गर्ने विशेषताहरू के हुन भन्ने कुरामा बोल्न मन लाग्यो ।

sonam Sherpa Yeti air
ल्हाक्पा सोनाम शेर्पाको आत्मवृतान्त हिम्बु (हिमालको छोरो) सार्वजनिक गरिदै

धेरैले उहाँलाई पर्यटन र वायुसेवा क्षेत्रको अगुवा एक दूरदर्शी व्यक्ति, पर्वतारोही र शेर्पा समुदायका एक आदर्श व्यक्तिको रूपमा चिन्नुहुन्छ । साथीभाइ र परिवार सल्लाह लिन उहाँकहाँ आउँदा उहाँ खुल्ला दिलले सल्लाह दिनु हन्छ । संसारको हेराईमा उहाँ अनेक व्यक्तित्वको धनी भएता पनि जेठी छोरीको रूपमा मैले उहाँलाई आफ्नो धरातलसँग सँधै अटुट नाता गाँसिएको एक असाधरण व्यक्तिको रूपमा देखेकी छु ।

जब म मेरो सम्झनामा फर्कन्छु, मलाई अर्को परिवारसँग बाँडिएको एकतलाको घर याद आउँछ । हाम्रो बाल्यकालमा आफ्नो करियरको शुरुवातका दिनहरूका कथाहरू हामीलाई बारम्बार सुनाउनु हुन्थ्यो

जब म मेरो सम्झनामा फर्कन्छु, मलाई अर्को परिवारसँग बाँडिएको एकतलाको घर याद आउँछ । हाम्रो बाल्यकालमा आफ्नो करियरको शुरुवातका दिनहरूका कथाहरू हामीलाई बारम्बार सुनाउनु हुन्थ्यो । गाउँ छोड्दा औपचारिक शिक्षा नभएको, खल्तीमा पैसा नभएको, आफ्नो परिवारका लागि सुनौलो जीवनको सपना र साहस बोकी एक १५ बर्से ठिटो यो मुकाम चढ्न सफल भयो भनेर । अन्धकार चिरी ऊज्यालोतर्फ हिंडेका ती कलिला पाइलालाई हृदयदेखि नमन गर्न चाहन्छु । तपाईको साहस बिना हामी यहाँसम्म पुग्ने थिएनौं ।

एक ‘मेस व्वाइ’ को जीवनबाट यात्रा शुरुवात गर्नु भएका उहाँले हामीलाई पद वा सफलता जे जस्तो भएता पनि सधैं नम्र हुन सिकाउनु भयो । ‘नम्रता’ नै उहाँको जीवनको मूल मान्यता भन्दा केहि गलत नहोला । उहाँसँगका वर्षौको दौडानमा उहाँले हामी सबैको जीवनमा नम्रता र धरातलको सहि अर्थ समावेश गराउनु भयो ।

यहाँ उपस्थित अधिकांश मानिसहरू उहाँका उपलब्धीहरूबारे जानकार हुनु होला तर उहाँका संघर्षबारेमा सुन्ने मौका धेरै कमले पाउनु भएको छ । उहाँको ठाउँमा म भएको भए, उहाँले शुरु गरेको ठाउँबाट यात्रा शुरु गरेको भए यहाँसम्म पुग्ने सपना कल्पना पनि गर्न सक्दिनँ थिएँ होला । शायद अन्तिम लक्ष्य नभई असंख्य विपत्तीहरूका बाबजुद सधैँ अघि बढ्ने प्रकृतिले, उहाँलाई आजको यो स्थानमा पु-यायो ।

Dawa Futi Sherpa 1

मैले बुवालाई धेरै रातहरू टाउको निहु-याएको देखेको छु, तर हरेक बिहानी जस्तोसुकै समस्या सामना गर्न तयार भएको पनि देखेको छु । जीवनले जतिसुकै पटक जमिनमा झारी दिए पनि, विश्राम लिने, उभिने र फेरि अगाडि बढ्ने उहाँको शैलीले हामीलाई लगनशिल बन्न सिकाएको छ । हामी कतिको लगननशिल भयौं भनेर मलाई लाग्छ उहाँले मात्र भन्न सक्नु हुन्छ ।

६ वटा शिखर आरोहण गरिसकेपछि आफ्नो सातौं शिखर अर्थात सगरमाथाको सफल आरोहण गर्न चाहेको कुरा परिवार र साथीभाइसँग बाँड्दा यो नगरेकै भए हुने भनेर सल्लाह दिएको थिएँ । हाम्रो सानीआमा यसकोविरुद्धमा हुनुहुन्थ्यो । तर त्यो अठोट उहाँले एक वर्ष मात्र पर सार्न सक्नु हुन्थ्यो । जब उहाँले केही गर्ने निर्णयमा पुग्नुहुन्छ, त्यसका लागि दृढ संकल्पका साथ अघि बढेपछि त्यो पुरा गरेर मात्र छाड्नु हुन्छ । उहाँको यो जिद्दी र निरन्तरताको बानी परिवारका लागि सजिलो थिएन । तर, सँधौ लागिपरिरहने उहाँको बानीले उहाँको व्यक्तिगत र व्यावसायिक जीवनको सफलतामा प्रतिबिम्बित गर्छन् ।

समस्यामा हराएर बस्न उहाँलाई कहिल्यै मान्य भएन, गरे सकिन्छ र भविष्यमा अझ राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरामा आफ्नो ऊर्जा खर्चन रुचाउँनु हुन्छ । मलाई लाग्छ कि यो स्वभावका कारण नै उहाँका भाइहरूका साथमा उहाँ उद्यमी हुनुभयो । सफल ट्रेकिङ व्यवसायी, होटल र एयरलाइन्स व्यवसाय यिनै समाधानहरूको परिणाम हो । जब म उहाँका यी ५ गुणहरूको बारेमा सोच्दछु, उहाँको स्वभाव वास्तवमै पर्वतारोही हो भन्ने सोचाइबाट म उम्कन सक्दिनँ ।

मलाई लाग्छ मेरो बुबा असामान्य कार्यमा अघि बढ्ने एक यात्री हुनुहुन्छ । उहाँको यस यात्रामा साथ दिनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु ।

हिमालमा तपाईलाई नम्रता चाहिन्छ किनकी तपाई त्यहाँको प्रकृतिविरुद्ध जान सक्नु हुन्न । एक पटकमा एक पाइला अगाडि राख्न र अवरोधहरूको बावजुद अगाडि बढ्न तपाईंसँग लगनशिलता हुन आवश्यक हुन्छ । अटल हिमालमाथि विजय हासिल गर्न कहिलेकाहीँ जिद्दी हुनुपर्छ, हिमालमा धेरैजसो समय, तपाईंले योजना वा आशा गरे अनुसार हुन्न र त्यस अवस्थामा अगाडि बढ्नका लागि हिमाल जस्तै जिद्दी भई समाधानहरू फेला पार्नु पर्ने हुन्छ । हिमाली चुचुरा आरोहण गर्न सबैभन्दा महत्वपूर्ण कुरा साहस र अठोट उत्ति नै चाहिन्छ ।

मलाई लाग्छ मेरो बुबा असामान्य कार्यमा अघि बढ्ने एक यात्री हुनुहुन्छ । उहाँको यस यात्रामा साथ दिनु हुने सबैलाई धन्यवाद दिन चाहन्छु । हाम्रा परिवारका सदस्यहरू, उहाँको पर्यटन र एभिएसन र अन्य साथीभाइ, शुभचिन्तकहरू, यस पुस्तकका लेखक, पुस्तक तयार पान सहयोग गर्नु हुने सबैलाई र यहाँ उपस्थित सबैमा धन्यवाद दिन चाहन्छु ।

यस महत्वपूर्ण दिनमा म मेरी आमा (राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा) र मेरा काका (आङ्गछिरिङ शेर्पा) लाई सम्झन चाहन्छु । उहाँ हामीसँग नभएता पनि चन्दा काकी र उहाँको परिवारको निरन्तर सहयोग र साथ हामीमा रहेकै छ । अन्त्यमा मेरो बुबासँग काँधमा काँध मिलाएर हामीलाई हुर्काउनु भएकोमा मेरी सानीआमा अनिता आन्टीलाई धन्यवाद दिन चाहन्छु ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७