राष्ट्रिय सभा अध्यक्ष कांग्रेसलाई दिने सहमति भएको छैन, माओवादीकै हुन्छ : जनार्दन शर्मा


१४ फाल्गुन २०८०, सोमबार
janardan 1

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राष्ट्रिय सभाको अध्यक्ष आफ्नो पार्टीकै हुने बताएका छन् । आज (सोमबार) प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले राष्ट्रिय सभाको ठूलो दलको हिसाबले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताए ।

उनले हालसम्म गठबन्धन दलहरूका बिचमा अध्यक्ष पद कसलाई दिने भन्नेमा सहमती नभएको स्पष्ट पारे । ‘राष्ट्रिय सभाको सबभन्दा ठूलो दल हाम्रो हो । उसले दाबी नगरे कसले गर्छ ? संस्थागत रूपमा कसैको पनि सहमति भएको छैन । संस्थागत सहमति भएको छैन,’ उनले भने, ‘ठूलो दलले दाबी नगरेमा कसले गर्ने ? भोलि सरकारको आलोपालो होला । त्यतिबेला हामी त संसदमा पनि हुँदैनौं । सरकारमा पनि हुँदैनौं । सबैतिर शून्य हुन्छ । त्यो हाम्रै हुन्छ ।’

उनले नेपाली कांग्रेसले महासमिति बैठकबाट आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको बारेमा पार्टीको स्थायी समिति बैठकमा छलफल हुने पनि बताए । उनले कांग्रेस महासमिति बैठकमा जनयुद्ध लगायतका कतिपय विषयमा प्रश्न गरेका हुनाले त्यसमा आफूहरूको आपत्ति रहेको बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७