तात्कालीन सेञ्चुरी बैंकका पूर्व सीईओद्वय न्यौपाने र गौतम सीआइवीद्वारा पक्राउ


१५ फाल्गुन २०८०, मंगलवार
manjo Tulashiram
तत्कालीन सेन्चुरी बैंकका सीईओहरु मनोज न्यौपाने र तुलसी गौतम ।

काठमाडौं । तात्कालीन सेञ्चुरी बैंकका पूर्व सीईओद्वय मनोज न्यौपाने र तुलसीराम गौतमलाई केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी) ले पक्राउ गरेको छ ।

सेञ्च्युरी कमर्सियल बैंकमा हुँदा न्यौपानेले ऋण प्रवाह गर्ने क्रममा हिनामिना गरिएको भेटिएपछि पक्राउ गरिएको सीआइबी स्रोतले जानकारी दिएको छ । उनीसँगै सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतम पनि पक्राउ परेको ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् ।

प्रभु बैंकमा गाभिएको साविकको सेञ्चुरी बैंक सीईओ हुँदा कर्जा प्रवाहमा कमजोरी गरेको पाइएपछि न्यौपानेलाई पक्राउ गरेको सिआईबी स्रोतले बताएको छ । सेञ्चुरी प्रभु बैंकमा गाभिएपछि न्यौपाने वरिष्ठ डेपुटी सीईओमा कार्यरत थिए । सेञ्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

यस प्रकरणमा सीआइबीले यसअघि ११ जनालाई न्यौपाने २०७८ असारमा सेञ्च्युरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए । प्रभु बैंक र सेञ्च्युरी मर्ज भएपछि न्यौपाने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत बनेका हुन् । न्यौपानेले सेञ्च्युरी बैंकमा हुँदा प्रवाह गरेको ऋणकै विषयमा प्रहरीले पक्राउ गरेको हो ।

नेपाल राष्ट्र बैंकको अनुरोधमा दुरुपयोग भएको ऋणको अनुसन्धान भइरहेको स्रोतले जानकारी दिएको छ । सोही अनुसन्धानको शिलशिलामा न्यौपानेलाई पक्राउ गरिएको हो । न्यौपाने नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव नेपालका भाञ्जा हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७