इजरायलको अपराध : खाना कुरिरहेका प्यालेस्टाइनीमाथि बम बर्षा, १०४ जनाको मृत्यु


१८ फाल्गुन २०८०, शुक्रबार
rus

गाजा । गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ । गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् कि गाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ ।सो घटनामा परी २८० जना घाइते भएका छन् ।

इजरायल–हमास युद्ध सुरु भएदेखि हालसम्म ३० हजार ३५ प्यालेस्टिनी मारिएका छन् भने ७० हजार ४५७ जना घाइते भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । उता, इजरायली प्रवक्ताले गाजा अधिकारीहरूको आरोपलाई अस्वीकार गर्दै घटना भएको भनिएको ठाउँमा कुनै गोलाबारी नभएको जिकिर गरेका छन् ।

उही समयमा प्यालेस्टिनी अधिकारीहरूले एक अस्पतालले त्यहाँ १० जनाको शव लगिएको बताएको बताए । अक्टोबर ७ हमासको हमलापछि इजरायलको हवाई, सामुद्रिक र स्थल हमलाले गाजा शहर र उत्तरी गाजा वरपरको क्षेत्रमा सबैभन्दा बढी प्रभाव पारेको छ । लगातारको आक्रमणका कारण तीन चौथाइ जनसंख्या विस्थापनको सिकार भएका छन् ।

साथै, हमलाका कारण गाजाका जनतालाई सहायता पुर्‍याउन कठिन भएको मानवीय सहायता प्रदान गर्ने संयुक्त राष्ट्रसंघीय निकायहरूले बताएका छन् । तर इजरायलले संयुक्त राष्ट्रसंघीय निकायको दाबीलाई अस्वीकार गरेको छ । इजरायली एजेन्सी कोगाटले चिकित्सा सहायतामा अवरोध गरेको आरोप निराधार भएको बताएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७