नामिबियामाथि नेपालको रोमाञ्चक जित, फाइनल पुग्ने सम्भावना कायमै


१८ फाल्गुन २०८०, शुक्रबार
nepal 1

काठमाडौं । त्रिदेशीय टी–२० आई खेलमा नेपालले पहिलो जित दर्ता हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको रोमाञ्चक खेलमा नेपालले ३ रनको रोमाञ्चक जित हात पारेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर १८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धशतक प्रहार गरे। उनले ३७ बलमा ४ छक्का र १ चौकासहित ५५ रन बनाए । त्यस्तै आरिफ शेखले ३१ रन, गुल्शन झाले २६ रन, अनिल साहले २३ रन, दीपेन्द्र सिंह ऐरीले १६ रन र रोहित पौडेलले १० रन बनाए ।

जवाफी ब्याटिङ गरेको नामिबिया निर्धारित ओभरको खेलमा ७ विकेट गुमाएर १७७ रनमात्र बनाउन सक्यो । नामिबियाका लागि जेजे स्मितले सर्वाधिक ५० रन बनाए । त्यस्तै ज्यान फ्रिलिङ्कले ३७, जेपी कोट्जले २५ र रुबेन ट्रुम्पलेम्यानले १४ रन बनाउँदा जेन ग्रिन २३ रनमा अविजित रहे । जितसँगै नेपालले फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ । समान ३ खेलमा नेपाल र नामिबियाको २–२ अंक रहेको छ भने नेदरल्यान्ड्स दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । नेपालले भोलि नेरदल्यान्ड्ससँग अन्तिम खेल खेल्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७