काठमाडौं महानगरले आतंक मच्चायो : प्रभु साह


१८ फाल्गुन २०८०, शुक्रबार
Prabhu shah

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले अहिले काठमाडौंमा महानगरको आतंक मच्चिएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै साहले भने,‘काठमाडौंमा महानगरको आतंक चलेको छ । सडकमै स्वरोजगार मजदुरहरु कुटिन्छन् । कवाड व्यवसायीहरुको डोजर चलाइएको छ । कतै सुकुम्बासीहरुलाई आतंकित बनाइएको छ । महानगरपालिकामाथि कानुन लाग्छ कि लाग्दैन् ? यदि लाग्छ भने सरकारले महानगरपालिकालाई नियमन गरोस भनेर म आग्रह गर्न चाहन्छु । अहिले कवाड व्यवसायीहरु महानगरबाट आतंकित छन् । उनीहरु असुरक्षित छन् । उनीहरु त्रसित छन् । हरेक व्यक्तिले व्यापार तथा व्यवसाय गर्न पाउँछ, यो उसको संवैधानिक हक हो । त्यसको रक्षा राज्यले गर्ने हो कि होइन ?’

उनले कवाड व्यवसायीहरुको सुरक्षाको प्रत्याभूति गर्नको लागि गृह मन्त्रालयको ध्यानाकार्षण गराए । कसैलाई पनि गैरकानूनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने उनको तर्क छ । उनले थपे–‘आज काठमाडौं महानगरपालिकाले कवाड व्यवसायीहरुलाई मनोमानी ढंगले आतंक सिर्जना गरेर दुःख दिने काम गरेको छ । जबरजस्ती भगाउने काम भएको छ । लाखौंलाई बेरोजगार बनाउने प्रयास भएको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७