साफ यू–१६ महिला फुटबल : भुटानमाथि भारतको ७–० को फराकिलो जित


१८ फाल्गुन २०८०, शुक्रबार
india.jpg 6

काठमाडौँ । भारतले आजदेखि काठमाडौँमा शुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा विजयी शुरुवात गरेको छ । आज भएको पहिलो खेलमा भारतले भुटानलाई ७–० गोल अन्तरले पराजित गरेको हो ।

ललितपुरस्थित च्यासल मैदानमा सम्पन्न यस खेलमा भारतका लागि अनुष्का कुमारी र पर्ल फर्नानडेजले २–२ गोल गरेका थिए भने श्वेता रानी, अन्विता रघुरमण, योंग टिग्रेसेसले एक एक गोल गरेका थिए ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी हुँदै छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शीर्ष दुई स्थानमा रहने दुई देश फाइनलमा पुग्ने छन् । अब शनिबार नेपालले बंगलादेशविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७