कुशवाहा र रामप्रित रामलाई आजपाले गर्‍यो निष्काशन


१९ फाल्गुन २०८०, शनिबार
aajapa

काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले पार्टीका उपमहासचिव कुन्दन कुशवाहा र उपाध्यक्ष रामप्रीत रामलाई कारवाही गरेको छ ।

पार्टी विधान, नीति तथा कार्यक्रमबिरुद्धमा लागेको भन्दै कुशवाहा र राम लाई आजपाले पार्टीको साधारण सदस्य समेत बाट निष्काशन गरेको हो । आजपा उपमहासचिव एवं प्रवक्ता चन्द्रभुषण साहले एक बिज्ञप्ती जारी गर्दै कुशवाहा र रामलाई पार्टीबाट निष्काशन गरिएको जनाएका छन् । राम आजपाको उपाध्यक्षको जिम्मेवारी रहेका थिए भने पूर्व प्रदेश सांसद कुशवाहा पार्टीको उपमहासचिवको जिम्मेवारीमा रहेका थिए । ‘हाम्रो गौरवशाली पार्टी आम जनता पार्टीले स्थापनाकालदेखि नै जनपक्षीय मुद्दाहरुमा एकपछि अर्को सफलता हासिल गर्दै आम जनतामा ठूलो आत्मविश्वास एवं आशा जागृत गरिरहेको सन्दर्भमा देशी तथा विदेशी प्रतिक्रियावादी शक्तिहरुले हामीमाथि निरन्तर हमला गरिरहेको विषय जगजाहेर नै छ ।’

यसैबीच पार्टी निर्माणको गतिलाई अवरोध तथा आन्दोलनलाई घात पुग्ने गरी प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा पार्टीविरोधी अवाञ्छित गतिविधिहरुमा संलग्न रहेको विषय पुष्टि भएकोले रामपृत राम र कुन्दन कुशवाहालाई पार्टीबाट निष्कासन गरिएको बिज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्व प्रदेश सांसद कुशवाहा र राम केही दिनअघि पूर्व प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग टीका लगाएर एमालेमा प्रवेश गरेका थिए । तत्कालीन एमाले केन्द्रीय सदस्य समेत रहेका कुशवाहा गत निर्वाचनमा प्रभु साहसँगै पार्टीको टिकट बहिष्कार गरी स्वतन्त्र उम्मेदवारी दिएपछि पार्टीले उनलाई कार्वाही गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७