इलामेली राष्ट्रसेवक कर्मचारी मञ्च गठन


१९ फाल्गुन २०८०, शनिबार
Ilam

काठमाडौं : इलाम जिल्ला स्थायी घर भई राज्यका विभिन्न निकायहरूमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरू संगठित भएका छन् । शनिबार भक्तपुरको निलवाराहीमा आयोजित बनभोज कार्यक्रममा तीर्थप्रकाश पौडेलको संयोजकत्वमा ईलामेली राष्ट्रसेवक कर्मचारी मञ्च गठन गरिएको हो ।

मञ्चको उपाध्यक्षमा उदयराज भट्टराई, सचिव अशोक राई, सहसचिव बिपिन राई र कोषाध्यक्षमा पुष्प नारायण दाहाल चयन भएका छन् । सदस्यहरूमा दिपक भारध्वज, मुना राउत, असिम दियालि, प्रज्वल थापा, योजना न्यौपाने रहेका छन् ।

शनिबार सम्पन्न प्रथम इलामे बनभोजमा विभिन्न निकायमा कार्यरत उच्च पदस्थ इलामे कर्मचारिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७