गठबन्धनमा समस्या आएपछि रोकियो परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण


२० फाल्गुन २०८०, आईतवार
NP Saud

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण अचनाक स्थगित भएको छ । मन्त्री साउद आइतबार राति ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने कार्यक्रम थियो । परराष्ट्र मन्त्रालयले ‘विशेष परिस्थिति’ भएको कारण देखाउँदै भ्रमण स्थगित भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो । उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा हुँदैछ ।

परराष्ट्रमन्त्री साउदले आइतबार बसेको प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा आफू आजै फिनल्यान्ड जाने कार्यक्रम रहेको बताएका थिए । उनले संसदीय समितिले छोटो समयमै बोलाउँदा पनि विदेश भ्रमण तयारी छोडेर आएको बताएका थिए । उनले आफू चार दिने भ्रमणमा फिनल्यान्ड जान लागेको जानकारी दिएका थिए ।

आजै साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढानिलकण्डस्थित आफ्नो निवासमा कांग्रेसका मन्त्रीहरूलाई पनि बोलाएर छलफल गरेका थिए। सत्ता गठबन्धनमा खटपट भएको भनिएकै बेला अकस्मात् उनको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७